इत्रामबाट लागु औषध सहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको सयुक्त प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ इत्रामबाट शनिवार बिहान ११ बजेको समयमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ इत्राम बस्ने २९ वर्षीय लोकेन्द्र शाही र सोही ठाउँ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ बस्ने ४८ वर्षीय नर बहादुर सिँह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको साथबाट कपडाको रुमाल सहित ३ सय ५० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र नगद २ हजार ८ सय रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए । उनका अनुसार शुक्रवार र शनिवार गरी दुई दिनमा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया