कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्ः समृद्धीका लागि सबै मिलौँ जुहारी नखेलौँ


सुर्खेत । कर्णालीलाई समृद्ध बनाउनका लागी सबै दल एक ठाउमा मिलेर जानुपर्ने मुख्यमन्त्री राज कुमार शर्माले बताएका छन् ।
शनिबार प्रदेश सभाको पाँचौ स्थापना दिवसको अवसरमा बोल्दै राजनितिक दलहरु कसैले पनी एक आपसमा कसैले पनि जुहारी खेल्न नहुने बताएका हुन् । उनले भने, हामी कर्णालीलाई सम्वृद्वि बनाउने कुरा गर्छौ, तर, जुहारी खेल्छौ । त्यसैले सम्वृद्वि कर्णाली बनाउनका लागि मिलेर लाग्यौं, जुहारी खेलेर हैन् । पुर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदिय दलका नेता जीवन शाहीलाई लक्षित गर्दै कर्णालीका मुख्यमन्त्री शर्माले आफु कसैसँग जुहारी खेल्ने पक्षमा नभएको टिप्पणी गरे ।

शर्माभन्दा पहिला बोलेका कांग्रेस नेता शाहीले शर्मालाई लक्षित गर्दैै मन्तव्य राखेका थिए । मुख्यमन्त्री शर्माले तर्कलाई बंग्याएर समाज अघि बढ्न नसक्ने बताए । उनले भने,‘ दोहोरी खेल्नु छैन, हामी कर्णाली समृद्धिको अभियानमा छौँ । एकताका माध्यमबाट अघि बढ्नुपर्छ । सम्भवत राष्ट्रिय मार्ग पनि यही हो । परम्पराको पुच्छर समायर दौडिने पक्षमा म छैन ।’ साथै शर्माले संघीयता राम्रोसँग लागु नभएको तर्क राखे । अझ प्रशासनिक संघीयताको स्थिती जर्जर देखिएको समेत उनको भनाई छ ।

 


तपाईको प्रतिक्रिया