३७ लाख रुपैयाँ बढी राजस्व छलिको नगदी रसिद सहित महोत्सव स्थलबाट आयोजक नियन्त्रणमा

सुर्खेत । वीरेन्द्रनगरमा शुक्रवारदेखि दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि, नविनतम प्रविधि प्रदर्शनी एंव पर्यटन महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा बुधवारदेखि उक्त महोत्सव वीरेन्द्रनगरमा सुरु भएको हो । महोत्सव सुरु भएको पहिलो दिनमै विभिन्न बहानामा कमाउ धन्दा सुरु भइरहेको छ । जस अन्तरगत महोत्सवमा दर्शकहरुलाई प्रवेश गर्नको लागि टिकट काट्ने गरीन्छ । वीरेन्द्रनगर नगरपालिका र आयोजक नेपाल घरेलु साना उद्योग महासंघ कर्णाली प्रदेश बिचको समन्वयमा र सहकार्यमा महोत्सव सञ्चालन गर्ने निर्णय भएको थियो । तर महोत्सव प्रवेशका लागि तयार गरीएको प्रवेश रसिद नगरपालिकाको चेकजाँच बिनै प्रयोगमा ल्याईए पछि उक्त रसिद नगपालिकाले जफत गरेको छ । राजस्व छलि गरी प्रयोग गर्न लागिएको कुल ३७ लाख ५० हजार बराबर रुपैयाँको नगदी रसिद नगरपालिकाको चेकजाँच बिनै प्रयोगमा ल्याईए पछि नगरपालिकाले उक्त रसिद जफत गरेको हो ।

महोत्सवमा टिकट काट्दै गर्दा वीरेन्द्रनगर नगरपालिका र नगपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले नगदी रसिद र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । महोत्सवमा पहिलो दिन निशुल्क प्रवेश गर्ने व्यवस्था गरीए पनि महोत्सवमा टिकट काटिरहेका वीरेन्द्रनगर नगरपालिका १ का २८ वर्षीय राजकुमार पौडेललाई रसिद सहित नगरपालिकाले नियन्त्रणमा लिएको हो । महोत्सवमा दर्शकलाई प्रवेशका लागि काटिने टिकट नगरपालिकाले ईन्ट्री गराउनु पर्नेमा नगरपालिकालाई थाहै नदिएर गैर कानुनी काम गरेको भन्दै पौडेललाई नियन्त्रणमा लिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नरहरी तिवारीले दर्शन खबरलाई जानकारी दिए । नियन्त्रणमा लिएका पौडेललाई कानुन अनुसार कारबाही गरीने तिवारीको भनाई छ ।

तपाईको प्रतिक्रिया