मटेलामा सकेट बम फेला

सुर्खेत । चिङ्गाडको मटेलामा सकेट बम फेला परेको छ । चिङ्गाड गाउँपालिका वडा नम्बर ४ को ठाँटी बजारदेखि ५० मिटर टाढा ढुङ्गाको चरमा शुक्रवार अन्दाजी ५ः३० बजेको समयमा बम फेला परेको हो । मटेला प्रहरी चौकीका अनुसार द्वन्द्वकालमा लुकाई छिपाई राखिएको बम केटाकेटीले खेल्ने क्रममा फेला पारेका हुन् । उक्त बमलाई डिस्पोजका लागि नेपाली सेनाहरुको टोली उक्त स्थानमा पुग्दै गरेको मटेला प्रहरी चौकीका प्रहरी हवलदार बालसिंह गुरुङ्गले जानकारी दिए ।

तपाईको प्रतिक्रिया