कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता खड्काले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता नर बहादुर खड्काले शपथ लिएका छन् । उनले शुक्रवार प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा शपथ लिएका हुन् । उनलाई मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा शपथ गराएका हुन् । खड्कालाई मुख्यमन्त्री शर्माको सिफारिसमा प्रदेश प्रमुख परीयारले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् ।

शपथ कार्यक्रममा मुख्यमन्त्री शर्मा सहित सभामुख नन्दा गुरुङ्ग, उपसभामुख यसुदा न्यौपाने, आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मङ्गलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र भौतिक पुर्वधार उर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला बिकको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया