काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नसक्दा संघीयताविरुद्ध आवाज उठेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजधानी काठमाडौं बसेर संघीयता बोध नहुने बताएका हुन् । उनले संघीयताको आवश्यकताको औचित्य कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुगेर हेर्न अनुरोध पनि गरे । “व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने छ । संघीयता किन आवश्यक छ भनेर हेर्न कर्णाली सुदूरपश्चिम पुगेर हेरे हुन्छ । राजधानीमा बसेर त्यसको वोध हुँदैन,” उनले भने, “असमानता चिर्न संघीयता चाहियो । यसको इमान्दार कार्यन्वयन आवश्यक छ । यसको कार्यन्वयन गर्न ऐन बनाउन आवश्यक छ ।” उनले राप्रपातिर इंगित गर्दै सरकारमा बसेर संविधानको विरुद्धमा बोल्न नपाइने पनि उल्लेख गरे ।


दर्शन खबर । १८ माघ २०७९, बुधबार