कैलाली । लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन् । वृद्धभत्ताको रकम माग्दा नदिएका कारण स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन् । श्रीरामले आमा ७१ वर्षीया लगनी थरुनीलाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीरामले लगनीको ढाड र खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको थियो। नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीले मंगलवार बिहान नै जंगलबाट पक्राउ गरेको जनाएको छ। उनी पहिले पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।


दर्शन खबर । १७ माघ २०७९, मंगलवार