जुम्लामा एक जना बहुविवाहका फरार अभियुक्त पक्राउ

जुम्ला । जुम्लामा एक जना बहुविवाहका फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले बहुविवाहका फरार अभियुक्त लक्ष्मी विष्टलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसो विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले मध्यान्हलाई जानकारी दिए । बहुविवाह मुद्दाका फरार अभियुक्त विष्ट जुम्लाको पातारासी-६ का रहेको प्रहरीले जनाएको छ । उनका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्के भन्ने स्थानबाट सादा पोषाकमा प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले विष्टलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत जुम्लाले २०७८ चैत ११ गते १० हजार रूपैयाँ जरिवानासहित १० महिना २८ दिन कैद सजाय सुनाएको थियो । ठिन्केबाट पक्राउ गरी विष्टलाई जिल्ला अदालत जुम्लाको जिम्मा लगाइएको छ ।


तपाईको प्रतिक्रिया