बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, आमा घाइते

बाँके । बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा बाँकेमा दुई वर्षीय बालकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए । लगत्तै आमाछोरालाई स्थानीयले उद्धार गरी नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए। घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । आपसी मनमुटावमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


तपाईको प्रतिक्रिया