ब्राउनसुगर र नगद पैसा सहित एक जना महिला पक्राउ

सुर्खेत ।वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनमा लागूऔषध ब्राउन सुगरसहित एकजना महिलालाई प्रहरीले प्रकाउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखाले गण्डकी लाइनस्थित हिरा बैगारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि चेकजाँच गर्दा माइती घर आएकी २८ वर्षीया मालती बैगारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्की जानकारी दिए । पक्राउ परेकी बैगारबाट ४ सय ४० मिलिग्राम लागूऔषध, ८४ हजार १ सय रुपैयाँ र २ वटा टर्च मोबाइल बरामद गरेको छ । बैगारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकानरी दिए । पछिल्लो समय सुर्खेतमा प्रहरीले आफ्नो निगरानीलाई थप कडाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको पहिलो ६ महिना साउन देखि पुस मसान्तसम्म २ सय ६७ जना अभियुक्तलार्ई पक्राउ गरेको छ । जसमा २ सय २८ जना पुरुष, २६ जना महिला, १० जना बालक र २ जना बालिका रहेकी छन् । डिएसपी कार्कीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३० जना पुरुष र ५ जना महिला गरी कुल ३५ जना फरार पक्राउ परेका छन् । जसमा फौजदारी १८ जना र देवानी १७ जना रहेका छन् । उनीहरु सवैबाट गरी कुल ३६ वर्ष १० महिना ७ दिन कैद र १८ लाख ९७ हजार १ सय ५ रुपैया जरीवाना असुल गर्नुपर्ने छ । यस्तै गत आर्थिक वर्षमा पुरुष ५ सय ३४ जना पुरुष, ३८ जना महिला र एक जना बालक गरी कुल ५ सय ७३ जना पक्राउ परेका डिएसपी कार्कीले जानकारी दिए । उनका अनुसार १ सय २६ पुरुष र २८ जना महिला गरी कुल १ सय ५४ जना मात्रै फरार प्रतिवादी पक्राउ परेका थिए ।

जसअन्तरगत १३५ फौजदारी र १७ जना देवानी रहेका थिए । उनीहरु सबैबाट गरी कुल १ सय ४९ वर्ष १० महिना कदै र ३१ लाख १४ हजार दुई सय सतासी रुपैयाँ जरिवाना असुल गर्नुपर्ने थियो । यस्तै गत आर्थिक वर्ष २०७८०७९ मा ५ सय ७४ जनालाई अनुसन्धानका क्रममा पक्राउ गरीएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा भन्दा यस आर्थिक वर्षमा अपराधीहरुको संख्या बढ्ने अनुमान गरीएको डिएसपी कार्कीको भनाई छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकाल भर्खरै सुर्खेतमा सरुवा भएका छन् । डिआईजी ढकालले कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर माघ ११ गते पदभार ग्रहण गरेका हुन् । उनी सरुवा भएपछि आम नागरीकले कर्णालीमा लागुऔषध कारोवार दिनानुदिनै बढ्दै जानु, सडकको अवस्था नाजुक हुनु, सिट क्षमताभन्दा बढी यात्रुहरु बोक्नु, सिट बेल्टको प्रयोग नगर्नु, चोरीका घटनाहरु बढ्नु, आत्महत्याका घटना बढ्नु लगायतका समस्याहरु समाधान हुने विश्वास गरेका छन् ।


तपाईको प्रतिक्रिया