छुट्टाछट्टै मुद्दामा फरार रहेका ३ जना पक्राउ

सुर्खेत । छुट्टाछुट्टै मुद्दामा फरार रहेका तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरको छ । सुर्खेत जिल्ला अदालतबाट बहुविवाह २०७८/१० २० गते ४ वर्ष ११ महिना २४ दिन कैद र ५० हजार जरिवाना ताकेका फरार प्रतिवादी भेरीगंगा नगरपालिका १२ छिन्चुका ३६ वर्षीय एकराज खड्का र साेही ठाउँकी ३३ वर्षीय शसिकला खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुलाई खोजतलास गर्ने क्रममा भेरीगंगा नगरपालिका १२ छिन्चुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आईतवार जिल्ला अदालत सुर्खेतमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यसैबिच सुर्खेत प्रहरीले ब्राउनसुगर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ का २१ वर्षीय अर्जुन ससुनारलाई पनि पक्राउ गरेको छ । सुनारलाई जिल्ला अदालत सुर्खेतबाट २०७८/१० महिना २ गते लागु आषैध मुद्दामा २ महिना १६ दिन कैद सजाय तोकेको थियो । उनी हाल सम्म पनि फरार रहेको हुँदा आईतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ६ गोदामलाईनबाट पक्राउ गरी सोमवार विहान १० बजे जिल्ला अदालत सुर्खेतमा पेश गरिने डिएसपी कार्काले जानकारी दिए ।


तपाईको प्रतिक्रिया