कालिकोटमा नगरप्रमुख र उपप्रमुख बिच हात हालाहाल

कालिकोट । कालिकोटमा आन्तरिक विवाद चर्किएपछि नगरप्रमुख र उपप्रमुख बिच हात हालाहाल भएको छ । कर्मचारी कति राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको हो । प्रमुख र उपप्रमुख दुवै जनाले आफ्ना अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले प्रतिक्रिया दिएका छन् । शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख र उपप्रमुखले आइतबार बिहान ११ बजे फेरि नगरपालिका बाहिर झगडा गरेको प्रत्यक्षदर्शीले बताएका छन् अनेरास्ववियु कालीकोटका अध्यक्ष धर्मराज शाहीले सडकमै झडप हुन लागे पछि आफूहरुले रोकेको बताए ।

नगरप्रमुख कमलबहादुर शाहीले पुराना कर्मचारी सबै हटाउन नमिल्ने बताएका छन् भने उपप्रमुख गणेशबहादुर शाहीले सबै करारका कर्मचारी हटाएर विज्ञापन गर्नुपर्ने अडान लिएका थिए । उपप्रमुखकै माग बमोजिम करार कर्मचारी हटाएर पुनः विज्ञापन भएको र आज भोलि नै नयाँ करार कर्मचारीको नतिजा निकाल्ने तयारी हुँदा स्वार्थ बाझिएकाले विवाद भएको कमर्चारीको भनाइ छ। उपप्रमुख शाहीले व्यङ्ग्यात्मक शैलीमा प्रमुख र प्रमुखबीच केही विवाद भएको जानकारी दिए । नगरपालिकामा आ–आफ्नो पक्षका कर्मचारी राख्ने प्रयास असफल हुँदा झगडा भएको कर्मचारीले बताएका छन्न् । प्रशासन प्रमुख अबिराज शाहीले नगरपालिकामा हाजिर नै नगरी तलब भत्ता खुवाएको आरोप लागेको छ ।


तपाईको प्रतिक्रिया