रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक परिदृश्यबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आइतबार मात्रै नागरिकता लिएका र रास्वपाको भागमा परेको गृह मन्त्रालय रविलाई दिनेरनदिनेबारे कुराकानी भइरहेको बताइएको छ। लामिछानेलाई गृहको जिम्मा नदिएर नेकपा माओवादी केन्द्रले नै राख्नुपर्ने आवाज उक्त पार्टीभित्र बलियो बनेको छ।


तपाईको प्रतिक्रिया