
दुर्गा विसि सल्यान । सल्लिवजार निवासी प्रकाश दास श्रेष्ठ यतिवेला जीवन मरणको दोसाधमा छन् । उपचारको लागि भएभरको सबै सम्पत्ति उपचारमै सकाए पछि अहिले उनलाई उपचारको लागि निकै कठिनाई हँुदै जान थालेको छ । लामो समय होटल व्यवसायी गर्दै आएका श्रेष्ठ विगत केही वर्ष देखि लिभर, कलेजोमा समस्या देखा परे पछि उपचारकै लागि सुर्खेत, काठमाडौ र भरतपुरका विभिन्न अस्पतालहरुमा निकै रकम खर्चिए । उनले ( Liver cirhosis deeompensates with ascites – Gr lll with jaandice with AKI\HRS) कलेजोको रोगसँग संघर्ष गरीरहेका छन् । पछिल्लो समय नेपालगञ्ज भेरी अस्पताल कोहलपुर मेडिकल कलेज र हाल सुर्खेतको कालागाउँ अस्पतालमा राखी उपचार भईरहेको छ, भने थप उपचारका लागि काठमाडौं टिचिङ्ग हस्पिटलमा लिनुपर्ने भएकोले उनको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकोले घर परीवारले सवै पक्षसँग जीवन रक्षाको निम्ति आर्थिक सहयोगको अपिल गरेका छन् । केही दिन देखि उनको जीवन रक्षाका खातिर उपचारका लागि सहयोग रकम समेत जुट्ने क्रम जारी रहेको घरपरिवारले जनाएको छ । छोरीको नामको लक्ष्मी बैंकको खातामा रकम जम्मा गरी जानकारी गराइदिनु हुन सबै तह र तप्काका महानुभावसँग अपिल गरिएको छ । अहिले उनी हस्पिटलको वेडमा उपचारकै क्रममा छट्पटाइ रहेका छन् । थप उपचारका लागि घरपरिवारसँग सो रकम अभाव सृजना भएको छ । श्रेष्ठको बचाउ अभियान यतिखेर स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम वढिरहेको छ । जतिसुकै किन नहोस थोरै या धेरै सकेको सहयोगका लागि घरपरिवाले सबै पक्ष माझ अपिल समेत गरेका छन ।


दर्शन खबर । १५ माघ २०७९, आईतवार