दैलेख । दैलेखमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको ट्याक्टरबाट खसेर खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको मृत्यु भएको हो । ट्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले विकलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए । ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले उनको खाजि भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १५ माघ २०७९, आईतवार