सुर्खेत । वीरेन्द्रनगरको एरीचोकमा सुजुकी कम्पनीको सोरुम सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगरपालिका ५ चिसापनी घर भएका प्रभात पोख्रेलले सुजुकी कम्पनीको सोरुम गुरु अटो मोवाईल्स सञ्चालनमा ल्याएका हुन् । विहिवार पोख्रेलका वुवा आमाले उक्त सोरुमको रिवन काटेर उद्घाटन गरेका हुन । विगत ९/१० वर्षदेखि कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न व्यवसायमा अनुभव संगालेका पोख्रेलले आफु यातायात क्षेत्रमा पहिलादेखि भएको तर वीरेन्द्रनगरमा अटो मोबाईल्सको कारोबार पहिलो पटक गरेको बताए । उनले गुरु अटो मोबाईल्स कर्णाली प्रदेशकै आधिकारीक विक्रेता भएकोे जानकारी दिए ।
दुई करोड ५० लाख लगानीमा सञ्चालन गरीएको सोरुममा बिक्रीका लागि सुजुकी कम्पनीका विभिन्न बाईक र स्कुटी राखिएका छन् । अटो माबाईल्स सञ्चालनमा ल्याएको तीनदिन भएता पनि सोरुमको आधिकारीक रुपमा उद्घाटन भने आज विहिवार गरीएको हो । कार्यक्रममा मोटरसाईकल र स्कुटी खरीद गर्ने ग्राहकलाई खादा तथा विभिन्न मिष्ठान्न फलफुल खुवाएर सम्मान गरीएको थियो । गुरु अटो माबाईल्सका सञ्चालक पोख्रेलले तीन दिनमा ६ वटा स्कुटी र ४ वटा वाईकहरु विक्री भईसकेको जानकारी दिए । उद्घाटन कार्यक्रममा विभिन्न संघसस्थाका कर्मचारी, व्यापारी, पत्रकार विद्यार्थीहरु लगायत अन्य व्यक्ति पनि सहभागि भएका थिए ।



दर्शन खबर । १२ माघ २०७९, बिहीबार