
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ । प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको माओवादीले सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री बनाउने भएको हो । जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, शर्मालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाउने निर्णय गरिएको माओवादीका एक नेताले जानकारी दिए । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका मंगल बहादुर शाही र एमालेका विनोद कुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्माले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको शपथ आजै साँझ ठिक ६ बजे हुने भएको छ ।
।


दर्शन खबर । ११ माघ २०७९, बुधबार