सडकमा राखिएका सामाग्री तत्काल हटाउन भेरीगंगा नगरपालिकाको निर्देशन

सुर्खेत । भेरीगंगा नगरपालिकाले जथाभावी रुपमा सडकमा राखिएका निमार्ण तथा पार्किङ्ग गरीएका सवारी साधनहरु तत्काल हटाउन सबैलाई निर्देशन दिएको छ । भेरीगंगा नगरपालिका अन्तरगत रत्न राजमार्ग तथा ईलाका प्रहरी कार्यालय छिन्चुदेखि छिन्चु खोलासम्मको सडकमा राखिएका कुनै पनि निमार्ण सामाग्री तथा लामो समयसम्म पार्किङ्ग गरी राखिएका सवारी साधनहरु ७ दिन भित्र हटाउन निर्देशन दिएको हो । नगरपालिकाले एक सूचना निकालेर सडक क्षेत्रमा राखिएका निर्माण सामग्री, विभिन्न सवारी साधनका कारण दुर्घटनाको जाखिम, पैदलयात्रुलाई असुविधा, शहरी सौन्दर्यमा असर भएको भन्दै तत्काल हटाउन सबैलाई निर्देशन दिइएको नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए । सडकमा निर्माण सामग्री, विभिन्न सवारी साधन सात दिन भित्रमा नहटाई बाटो अवरुद्ध भएको पाईएमा नगरपालिकाद्धारा अनुगमन गरी कानुन बमोजीम कारबाही गरीने नगरपालिकाले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया