सुर्खेत । नेकपा एमालेले पनि कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ । जसमा मुगुका जितबहादुर मल्ल र जुम्लाका टेकराज पछाई लाई मन्त्री बनाउने भएको हो । मल्ललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र पछाईलाई सामाजिक विकास मन्त्री बनाउने निर्णय गरिएको नेकपा एमालेका एक नेतालेले जानकारी दिए । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते नेकपा एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । नयाँ मन्त्रीहरुको शपथ आजै साँझ ठिक ६ बजे हुने भएको छ ।
यो पनि हेर्नुहोस् ।
माओवादीले कर्णाली प्रदेश सरकारमा सहभागी हुने दुई मन्त्री टुंग्यायो


दर्शन खबर । ११ माघ २०७९, बुधबार