यातायात कार्यालय सुर्खेतबाट दिईने नियमित सेवा तीन दिनका लागि बन्द

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट दिईने नियमित सेवा तीन दिनको लागि बन्द गरीएको छ । कार्यालयमा कार्यरत रहेका कर्मचारीहरु सवारी चालकको अनुमतीको प्रयोगात्मक परिक्षामा सहभागि हुने भएको हुँदा आज (बुधवार) देखि माघ १३ गतेसम्मका लागि कार्यालयबाट दिईने नियमित सेवाहरु बन्द गरिएको हो । यातायात कार्यालयमा कार्यरत रहेका कर्मचारीहरु प्रयोगात्मक परिक्षामा सहभागि हुने र कार्यालयमा कर्मचारीको संख्या कम भएकाले नियमित सेवा १३ गते सम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख आनन्द चपाईले जानकारी दिए । हाल यातायात व्यवस्था कार्यालय सुर्खेतमा कार्यालय सहयोगि सहित ८ जना कर्मचारी रहेका छन् ।

तपाईको प्रतिक्रिया