सभामुख गुरुङ्गद्वारा एमालेको सबै जिम्मेवारीबाट अलग भएको घोषणा

सुर्खेत । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ्गले नेकपा एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । सभामुख गुरुङ्गले बुधवार प्रेस विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा हुन् । उनी नेकपा एमालेको प्रदेश सभा कमिटि सदस्य, अखिल नेपाल जिल्ला संघको अध्यक्ष र केन्द्रीय सदस्य रहेकी थिईन् । उनले भनिन् ‘मिति २०७९ साल माघ १ गते मप्रदेश सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु,’ माघ एक गते आईतवार भएको निर्वाचनमा गुरुङ्ग २४ मतसहित सभामुखमा निर्वाचित भएकी थिईन् । प्रदेशससभामा रहेका ४० सांसदमध्ये २४ जना सांसदले गुरुङ्गलाई मत दिएका हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका एमालेका १०, माओवादीका १३ र राप्रपाका एकजना सांसदले मत दिएका हुन् ।

यस्तै कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेका खड्गबहादुर पोखरेलले भने १४ मत मात्र प्राप्त गरेका थिए । आइतबारको मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी थिए । दुई जना सांसद भने मतदानमा सहभागी भएका थिएनन् । प्रदेशसभामा रहेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैलाई मत नदिएर तटस्थ बसेका थिए भने प्रदेशसभा बैठकको अध्यक्षता गरेका कारण कांग्रेस सांसद हिक्मतबहादुर विष्ट पनि मत विभाजनमा सहभागी भएका थिएनन् । यस्तै यसअघि मुख्यमन्त्रीको नियुक्तिमा सत्ता गठबन्धनलाई समर्थन गरेकी एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले भने सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मत दिएकी थिईन् । सभामुख चयनका लागि शनिबार मनोनयन दर्ता भएको थियो । सभामुखमा विजयी भएकी गुरुङ एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । उनलाई माघ एक गते नै प्रदेश प्रमुख तिलक परियारले उनको कार्यालयमा एक कार्यक्रमका बीच शपथ ग्रहण गराएका थिए ।

तपाईको प्रतिक्रिया