भेरीगंगाका जटिल रोगका बिरामीले मासिक २ हजार रुपैया पाउने

सुर्खेत । भेरीगंगा नगरपालिकाले जटिल रोग र प्यारालाईसिस भएका बिरामीलाई मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको पहिलो वैठकले नगरसभाबाट पारित गरी नगरपालिकामा भएका ९ वटा रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । नगरपालिकाले जटिल रोग र प्यारालाइसिसबाट पुर्णअशक्त भएका बिरामीहरुलाई उपचार खर्च सम्बन्धी कार्यविधि २०७९ अनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस लगायत यी ९ वटा रोग भएका बिरामीहरुलाई मासिक रु दुई हजार रकम उपलब्ध गराउने भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

नगरपालिकाको सुचनामा भनिएको छ , ‘मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस भएका बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधी उपचार वापत मासिक दुई हजार खर्च उपलब्ध गराईने छ ।’ उक्त रोग भएका पिडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरीकताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजात सहित नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । यी ९ रोग भएका बिरामीहरुलाई नगरपालिकाको आन्तरीक स्रोतबाट उक्त रकम उपलब्ध गराईने छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धीको लागि करीब ३० लाख बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया