५ दशमलव ५ म्याग्निच्युडको भुकम्प : सुर्खेतमा पनि धक्का महसुस

सुर्खेत । कर्णाली प्रदेशका लगायत सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख हुम्ला, डोल्पा लगायत सुदूरपश्चिमका बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै मंगलवार दिउँसो पौने ३ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रविन्दू भारतको उत्तराखण्डमा रहेको र ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक जानकारी आएको छ । त्यसको कम्पन कर्णाली सहित सुदूरपश्चिमका केही जिल्लामा समेत महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया