भुकुम्पले बाजुरामा घर भत्कियो

बाजुरा । मंगलवार गएको भुकुम्पले बाजुरामा एक घर भत्किएको छ । दिउँसो पौने ३ बजे ५ दशमलव ५ म्याग्निच्यूडको भूकम्प जाँदा बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको छ । भुकम्पको धक्का कर्णाली प्रदेशका लगायत सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख हुम्ला डोल्पा लगायत सुदूर पश्चिमका बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया