६ महिनामा २ सय ५० वढी अभियुक्त पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय ६७ जना अभियुक्तलार्ई पक्राउ गरेको छ । जसमा २ सय २८ जना पुरुष, २६ जना महिला, १० जना बालक र २ जना बालिका रहेकी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एव्म प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३० जना पुरुष र ५ जना महिला गरी कुल ३५ जना फरार पक्राउ परेका छन् । जसमा फौजदारी १८ जना र देवानी १७ जना रहेका छन् । उनीहरु सवैबाट गरी कुल ३६ वर्ष १० महिना ७ दिन कैद र १८ लाख ९७ हजार १ सय ५ रुपैया जरीवाना असुल गर्नुपर्ने छ ।

यस्तै गत आर्थिक वर्षमा पुरुष ५ सय ३४ जना पुरुष , ३८ जना महिला र एक जना बालक गरी कुल ५ सय ७३ जना पक्राउ परेका डिएसपी कार्कीले जानकारी दिए । उनका अनुसार १ सय २६ पुरुष र २८ जना महिला गरी कुल १ सय ५४ जना मात्रै फरार प्रतिवादी पक्राउ परेका थिए । जसअन्तरगत १३५ फौजदारी र १७ जना देवानी रहेका थिए । उनीहरु सबैबाट गरी कुल १ सय ४९ वर्ष १० महिना कदै र ३१ लाख १४ हजार दुई सय सतासी रुपैयाँ जरिवाना असुल गर्नुपर्ने थियो । यस्तै आर्थिक वर्षमा ५ सय ७४ जनालाई अनुसन्धानका क्रममा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयय सुर्खेतले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा भन्दा यस आर्थिक वर्षमा अपराधीहरुको संख्या बढ्ने अनुमान गरीएको डिएसपी कार्कीको भनाई छ ।



तपाईको प्रतिक्रिया