वीरेन्द्रनगरबाट एक जना फरार प्रतिवादी पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्वाको फरार वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीका ३५ वर्षीय लेखराज गिरीलाई वीरेन्द्रनगर नगरपालिका ११ सुब्वाकुनाबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई बैँक कसुर मुद्धामा गत जेठ ३० गे उच्च अदालत तुलसीपुर र नेपालगञ्जको ईजालसले १० दिन कैद र १२ लाख २५ हजार रुपैयाँ जरीवाना तोकेको थियो ।

उनी हालसम्म पनि फरार रहेका थिए भने उनलाई मंगलवार बिहान ८ बजेको समयमा सुर्खेतबाट नेपालगञ्ज तर्फ जाँदै कर्णाली प्रदेश ०२००१ ख ०१२० नम्बरकोे फोर्स गाडिबाट नियन्त्रणमा लिएर जेल चलानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया