सुर्खेत, १७ बैशाख
हुम्लाकोे खार्पुनाथ गाउँपालिकाको खार्पुनाथमा सडक खन्ने क्रममा माथिबाट एक्कासी पहिरो खस्दा स्काभेटर कर्णाली नदीमा खसेको छ ।
सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटरलाई कर्णाली नदीमा खसाल्दा चालक बिष्णु बुढा घाइते भएका छन । चालक बुढालाई उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय हुम्ला पु¥याईएको खार्पुनाथ गाउँपालिका प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।
घाइते बुढाको टाउँको र पेटमा गहिरो चोट लागेको छ । स्काभेटरले सडक खन्ने क्रममा माथिबाट आएको चट्टान सहितको पहिरोले कर्णाली नदीमा पु¥याएपछि चालक बुढालाई स्थानीयहरुले रसी दिएर उद्धार गरेको खार्पुनाथ गाउँपालिका ओभरसिअर गोरखबहादुर बिष्टले बताए ।


दर्शन खबर । १७ बैशाख २०७६, मंगलवार