सुर्खेतका बाढीपिडीत पालमुनी बाट अब छानोमुनी, प्रतिघरधुरी ३ लाख पाउने

सुर्खेत,१७ वैशाख ।
चार वर्षपछि सुर्खेतका बाढीपहिरो विस्थापितलाई त्रिपालबाट छानोमुनी ल्याउन कर्णाली सरकारले सहयोग अभियानको आरम्भ गरेको छ ।
सरकारले उपलव्ध गराउने राहत रकममा अन्य नागरिकहरुलाई समेत सहयोग गरेर बर्खा अगावै विस्थापितलाई छानोमुनी ल्याउन विपद् पीडित आवास निर्माण सहयोग अभियान शुभारम्भ गरेको हो ।
कर्णाली प्रदेश सरकारले सिमीत बजेटबाट यहाँका बाढी पिडीतलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।
पाँच ठाउँका शिविरहरुमा त्रिपालमुनी कष्टकर दैनिक विताउँदै आएका विस्थापितलाई आगामी असारसम्म त्रिपालबाट उन्मुक्ती दिन प्रदेश सरकार लागी परेको कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
प्रदेश सरकारले बाढिपिडीतलाई प्रतिघरधुरी तीन लाख राहत रकम उपलब्ध गराउँने उनले जानकारी दिए ।
यो रकमले आवास निर्माणको काम पूर्ण हुने संकेत नदेखिएपछि केन्द्र सरकारबाट थप राहत रकम मागेको उहाँले जानकारी दिए ।
सरकारले थालेको यो अभियानमा साथ दिन आम नागरिकलाई मन्त्री भण्डारीले सहयोगको अपिल गरेका छन् ।
२०७१ सालमा आएको बाढीपहिरोबाट सुर्खेतका एकहजार ४९ घरधुरी विस्थापित भएका थिए ।
सरकारले बर्खा अगावै विस्थापितहरुलाई छानोमुनी ल्याउन विपद् पीडत आवास निर्माण समिति नै गठन गरेर परिचालन गर्न लागेको छ ।
समितिले विस्थापितहरुको आवास निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक ममिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
सरकारले ढिलै भएपनि अघि बढाएको यो अभियानले त्रिपालबाट उन्मुक्ती हुने आशा विस्थापितहरुको छ ।
आवास निर्माणसंगै सरकारले विस्थापित परिवारहरुका लागि आयआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गरिदिन उनीहरुको माग छ ।
नयाँ ठाउँमा बन्ने आवासले मात्रै खान नपुग्ने भन्दै आधारभूत सेवाहरु उपलव्ध गराइदिन विस्थापितहरुले सरकारसंग अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया