सुर्खेत । गुर्भाकोटमा एक जना वृद्धको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ११ आँपसोती स्थित भेरी नदिको भंगालोमा विहिवार दिउँसो पौने तिन बजेको समयमा वृद्धको शव फेला परेको प्रहरी जनाएको छ । वडा नम्बर ९ का अन्दाजी ६८ वर्षीय दलजित पुनको शव फेला परेको इलाका प्रहरी कार्यालय छिन्चु निरीक्षक रमेश राईले जानकारी दिए । उनका अनुसार पुनको शव सनाखत पछि घटनाबारे अनुसन्धान भइरहेको छ ।


दर्शन खबर । ५ माघ २०७९, बिहीबार