बराहताल परिसरमा नेपाली कांग्रेस बराहतालको बैठक सम्पन्न


सुर्खेत । नेपाली कांग्रेस बराहताल गाउँ कार्य समितीको घुम्ती बैठक सम्पन्न भएको छ । विहिवार बराहताल गाउँपालिका वडा नम्वर ४ बराहताल परिसरमा गाउँ कार्य समितीको बैठक गरिएको हो । बराहताल गाउँपालिकामा पार्टिको सुदृढीकरणका लागि जनताको सुझाव संकलन गर्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको नेपाली कांग्रेस बराहताल गाउँ कार्य समितीका सभापती एवं गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिए । समुदायबाट सुझावहरु संकलन गर्ने, बराहतालमा पार्टीलाई कसरी अगाढी बढाउने भन्ने विषयमा बैठकमा छलफल भएको गाउँ सभापती भिम बहादुर भण्डारीले जानकारी दिए । गाउँ कार्य समितिको आगामी बैठक फाल्गुन ५ गते वडा नम्बर ५ चेपाङ्गमा बस्ने निर्णय समेत गरिएको छ । गाउँ कार्य समिती भिम बहादुर भण्डारीको अध्यक्षतामा भएको बैठकमा वडा नम्वर ३ का सभापति राम बहादुर भण्डारी, वडा नम्वर ५ का उप सभापती सुमित्रा सिजाली गौतम, वडा नम्वर २ का उप सभापती मान बहादुर बुढा, वडा नम्वर ४ का उप सभापती राजु बिक स्थानिय कर्मचारी युनियनका प्रदेश संयोजक नारायण भट्टराई, स्थानिय तह कर्मचारी युनियनका जिल्ला सचिव पुर्ण प्रशाद उपाध्यय लगाएत नेपाली कांग्रेस सम्वद्ध नागरिकहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया