सुर्खेत । कर्णाली प्रदेश सभाको बुधवार भएको उपसभामुख पदको निर्वाचनमा नेपाली काँग्रेसकी नेतृ इन्द्रा कुमारी शाही पराजित भएकी छन् । ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा बुधवार भएको निर्वाचनमा ३८ सांसदहरु उपस्थित भएका थिए । ३८ जना सांसदमध्ये उनको पक्षमा १४ र विपक्षमा २४ मत खसेको सभामुख नन्दा गुरुङ्गले जानकारी दिईन् । उनको प्रस्तावकमा निर्वतमान मुख्यमन्त्री जीवन बहादुर शाही र सर्मथकमा जानकी सिंह रहेकी थिईन् । उनले आफु निर्वाचित हुनका लागि २१ संसदको बहुमतको आवश्यक थियो ।


दर्शन खबर । ४ माघ २०७९, बुधबार