कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित

सुर्खेत । कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा बुधवार भएको मत विभाजन प्रक्रियामा ३८ सांसदहरु सहभागि भएका थिए । जसमा न्यौपानेले कांग्रेसकी इन्द्राकुमारी शाहीलाई बहुमतले पराजित गरेकी छन् । न्यौपानेले २४ मत ल्याउँदा शाहीले १४ मत प्राप्त गरेको सभामुख नन्दा गुरुङ्गले जानकारी दिइन् । निर्वाचित न्यौपानेको प्रस्तावकमा कृष्णबहादुर जिसी र समर्थकमा विनोद कुमार शाह रहेका थिए ।

यस्तै पराजित शाहीको प्रस्तावकमा निर्वतमान मुख्यमन्त्री जीवन बहादुर शाही र सर्मथकमा जानकी सिंह रहेकी थिईन् । उनले आफु निर्वाचित हुनका लागि २१ संसदको बहुमतको आवश्यक रहेको थियो । सभामुखमा भने नेकपा एमालेकी नन्दा गुरूङ आईतवार निर्वाचित भइसकेकी छन् । एमालेबाट निर्वाचित सांसद् उनले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् । अब कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठक माघ ६ गते शुक्रवार दिउँसो एक बजे बस्ने छ ।


तपाईको प्रतिक्रिया