निसान र डयाट्सनको स्वरुम सञ्चालनमा

 


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा निशान तथा डयाट्सन ब्राडका गाडीको आधिकारीक स्वरुम सोर्णिम विजनेस कन्सर्न प्राइभेट लिमिटेड संचालनमा आएको छ ।


कर्णाली सरकारका आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमका विच डिलरको उद्घाटन गरेका हुन ।  कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सफल व्यावसायी बन्न टिमवर्क आवश्यक रहेको बताए ।
टिममा काम गर्न नसक्दा नेपालीहरु पछि परेको उल्लेख गर्दै उनले प्रतिष्पर्धाको भावनामात्र नराखी अघि वढ्न व्यावसायीलाई सूझाव दिए । ढुक्क भएर व्यावसायमा लाग्नुस मन्त्री ज्वालाले भने, ‘प्रदेश सरकारले कानुनी प्रक्रियामा बाधा पु¥याउदैन ।’
उनले कर्णालीले पनि विस्तारै विकासमा फड्को मार्दै गरेको र भविस्य उज्वाल रहेको धारणा राखे । कर्णाली गरिव हो भन्ने भनाई अन्त्य गर्दै आधुनिक संरचना उपलव्ध हुदा विकासको मोडल स्थापीत गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन वहादुर रावतले निशान कम्पनी स्थापनाले अटोमोवाईलका लागी काठमान्डौ नै जानुपर्ने बाध्यता हटेको बताए ।
यस्तै, संघका महासचिव लक्ष्मण कडेलले विदेशी सामानको करको दायर वढी भएकोले नेपाली ले अटोमोवाईल क्षेत्रमा चर्को आर्थिक भार खेप्नुपरेको बताए ।

१८५ एम एम डयाडसन मा र २१० एमएम हाईट निशान गाडीमा रहेको बताउदै उनले सुर्खेतका लागी उपयुक्त हुने बताए ।
डिलर संचालनमा आएलगत्तै ६ ओटा गाडी कम्पनीले विक्रि गरेको छ । सुर्खेतमै सुविधान सम्मन्न ग्यारेजको अवधानरण अघिसारेको कम्पनीले जनाएको छ । झण्डे साढे ४ करोडको लगानीमा डिलर संचालनमा आएको हो ।


तपाईको प्रतिक्रिया