सुर्खेत । बाढीले सडक बगाएपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका ७, टाकुल्ला खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सडक डिभिजन कार्यालय, जुम्लाले दुई डोजर लगाएर पहिरो पन्छाइरहेको छ ।
कर्णालीको लाइफलाइनका रूपमा हेरिने यो राजमार्ग पहिरोका कारण बर्से्नि अवरुद्ध हुने गरेको छ । तर, राजमार्गको स्तरोन्नति गर्नतर्फ राज्यले चासो नदिएको स्थानीयको गुनासो छ ।



दर्शन खबर । २१ भाद्र २०७६, शनिबार