वीरेन्द्र शाही माघ ३, जाजरकोट । जाडाको समय, जताततै खुल्लैखुल्ला, हरीयालि नभएको समय, कतै हिउँ परेको कतै बादल लागेको त कतै कुहिरो, सबैलाई घाम प्यारो, मेरो घरमा नयाँ उमङ्ग थपियो, सबै खुसी भए जब मैले धर्तिमा आँखा खोले, त्यो दिन, कसैको लागि नराम्रो त मेरा आमाबाबा र आफन्तजनको लागि राम्रो त्यसैमा मेरो बुवाको तेस्रो सन्तान मध्ये म पहिलो सन्तानको रुपमा जन्म भएको । जब म रोएको आवाज निस्कियो तब मेरा बाबा आमाको मुहारमा खुसी सँगसँगै आसु आयो, त्यो आँसु थियो खुसीको, बुबालाई जिम्मेवारी थपिएको दिन । सायद मेरा आमाले बुबालाई आफु जन्मेको, विहे गरेको आफ्नो प्रेम सम्बन्धमा बसेको दिन त्यति थाहा छैन होला जति मेरा जन्ममिति थाहा छ । मेरो बुवाआमाको म भाग्थ्यले जन्मेको भएपनि म आफैलाई लागिरेको छ म अभागि रहेछु । मेरो जन्म नहुनु थियो। यहि कुराले मलाई सधै घोचिरहन्छ । मैले किन जन्म लिए ? म प्रति आफै प्रश्न उठ्न थाल्छ । मैले दुःख गरे केही सपना पनि पुरा भएनन् । त्यो राम्रो सँग बुझेको छु । आमाबाबाका लागि भनि मैले धेरै गरे । तर पुरा हुन् सकेन् ।
आज जन्मदिन उमेर बढ्दै छ, आजकै दिनदेखि ठिक २७ वर्षमा प्रवेश गरे । म जन्मेको दिन म आफैलाई अहिलेसम्म पनि थाहा थिएन् । म जन्मेको साल थाहा भएपनि महिनामा म अलमल थिए । मलाई म जन्मेको महिना मंसिर हो जस्तो लाग्थ्यो । तर माघमा जन्मेको रहेछु । साच्चि आफु जन्मेको दिन एकिन नहुँदा आफु जन्मेकै दिनमा कति राए होला तर आज भने म निकै खुसी छु । अनि सबैको शुभकामना रुपी सन्देशहरु केलाइरहदा पनि उत्तिकै हर्ष लागिरहेछ । समयले विस्तारै मेरो आयु पनि घटाउँदै लगिरहेको छ । हिजो आज भोली एक दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै, यो संसारमा बाँच्ने दिनहरु कम हुँदै छन । म सम्झन्छु । आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन् । बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनु भएन् । हजुरहरुले भनेको बाटोमा हिडेको छु । मैले बाटो बिराएको छैन्, तर माफ गर्नुहोस् आमाबुवा म गन्तब्यमा पुग्न सकेको छैन् । जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कसको हुन्छ र ? मैले बिगतमा भोगेका दुखका दिनलाई बिर्सिने कोशिस गर्दै छु । विगत बिर्सिन गाह्रो हुदोँ रहिछ । तर बिगतले सिकाएको पाठ अहिलेको मार्ग बन्दै गएको छ । मेरो निम्ती, परिवारको निम्ती मिठो नखाएर, राम्रो नलगाएर । भोली भोली भन्दै साँचेर यहाँ सम्म ल्याउनुभयो आमाबुवा ।

जन्मदिने प्राण् मेरा प्यारा बुवाआमा
छिमेकीले डाह गर्थे, साथीसंगीले झगडा गर्थे, आफन्तले गिद्धे नजरले हेर्थे । तर पनि संघर्ष गर्नुपर्छ भनेर सिकाउने मेरो आमाबुवा । हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो, लेखाउनु भयो, संसार देखाउनु भयो, संघर्ष गर्न सिकाउनु भयो । आफुले नखाएर मलाई खुवाउने आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनी हरेक क्षणमा म मुस्कुराएको देख्न चाहाने मेरो परिवार । आमा‘! बुवा‘! म बाल्यकाल हुदैँ जवान हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन् । मेरो आमा तपाई उमेरले ३८ र बुवा उमेरले ४२ काटिसक्नु भएको छ । म जन्मदा जती माया गर्नुहुन्थ्यो, अहिले त्यो भन्दा झन् बढी माया गर्नुहुन्छ । आमा रिसाएको कहिल्यै थाहा पाएन् । म अहिले घर देखि टाढा छु । उमेरले २७ वर्ष पुगे । म ठूलो भईसकेकोे जस्तो लाग्छ । तर आमाको नजरमा म सानो छु । आमा भन्नुहुन्छ ‘काम गर्दा होसियार बन्नु है । आफ्नो ख्याल गर्नु ।’ म फेरी सोच्छु । मेरी आमाको अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । त्यो बेलाको दुध भातले माया दर्शाएको छ । अनि सन्तान मोह छ साथमा । म मेरो आमाबुवाको जीवन बिमा त हुँ, एउटा खाली चेक आमाबुवाका लागि हैन र ? कुनै बेला लाग्छ मैले मेरा सपनाहरु त पुरा गर्न सकेन् । मेरो दुई छोरी छन्, छोरीको सपना अधुरा हुने हाईनन् कि, आफैलाई लाग्छ मैले यस्तो सोचेर हुन्न मैले मेरा सपना पुरा गर्ने अवसर त पाएन । तर छोरीको सपना जसरी हुन्छ पुरा गर्ने छु । अनी मेरा आमा र बुवाको म पहिलो सन्तान । बुढेसकालमा म पक्कै साहारा बन्ने छु । आमाको बारेमा मैले जति धेरै लेखे पनि कमि नै हुन्छ । आमाको बारेमा लेख्ने कुनै शब्द नै छैनन् । मलाई मेरो बुवा भन्दा पनि वढि आमाको माया लाग्छ । बाबाको माया पनि लाग्दैन भनेको चाँहि होईन । तर आमाको माया बराबर मलाई कसैको माया लाग्दैन, किनकि आमाले मेरो लागि गरेका सर्घषहरु मैले मन देखि नै मनन गरेको छु । मेरो कारण आमाले दुःख पाएको मेरै कारण हजारौको मुखबाट नराम्रो शब्दहरु सुनेको याद छ मलाई ।
आजकै दिन मलाई यस धर्तिमा पाइला टेकाइ यति सुन्दर संसार देखाउने अवसर दिनुभएकोमा सर्बप्रथम मेरो प्राण भन्दा प्रिय आमा बुवालाई धेरै सम्झना मिठो माया अनि धन्यवाद दिन चाहन्छु । मेरो सम्पुर्ण गुरुबर्ग, आत्मीय आफन्तजनहरु, मेरो घरपरिवार, प्रीय आत्मीय साथीहरु, मेरो अग्रज दाइ दिदी र प्यारो भाइ बहिनिहरु, देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण मलाई चिन्ने नचिन्ने नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई तपाईंहरुले दिएको यति मीठो माया, सल्लाह, साथ, र हौसलाले गर्दा आज म धेरै खुसी छु जहाँ तपाईंहरू जस्तो माया गर्ने मान्छे पाएको छु धेरै धेरै सम्झना र मीठो साथ अनि यस्तै माया सधै भरि पाईराखौ भन्ने अपेक्षा गरेको छु । मलाई जुन माध्यम बाट शुभकामना दिनु भयो सम्पूर्ण लाई एकमुष्ट रूपमा सम्झना र धेरै धेरै धन्यबाद दिन चाहन्छु । जीन्दगीको परिभाषा ‘नाटक’ रहिछ । हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन् । अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक । अनि जिन्दगी पनि । नाटकको मञ्जन गर्दै मलाई यहाँ सम्म ल्याउने सबैमा नमन् । हजुरहरुको वर्षौवर्ष स्नेह पाउ । माघ तिन गते मंगलवार मेरो जन्म दिन ।


दर्शन खबर । ४ माघ २०७९, बुधबार