सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एकरएकजना सांसद छन् ।


दर्शन खबर । ४ माघ २०७९, बुधबार