गुमीमा भलिवल र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

दिपक बराल सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर १४ गुमिमा ५ औं माघी मेलाको अवसरमा संचालन भएको नगर तथा वडा स्तरीय भलिबल र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सर्वदलिय मेला संचालन समिति र गुर्भाकोट नगरपालिका वडा नब्बर १४ को आयोजनामा पौष २८ गते देखि माघ १ गतेसम्म ५ औं माघी मेला अवसरमा संचालन भएको भलिबल र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । माघीको अवसरमा संचालन भएको भलिबल प्रतियोगितामा ११ टिम र ब्याडमिन्टन प्रतियोगितामा १० टिमको सहभागी रहेको थियो । भलिबल प्रतियोगितामा गुर्भाकोट नगरपालिका वडा १३ का खेलाडीहरु भएका छन् ।

बिजेता टिमका खेलाडीहरुलाई रु ४० हजार, उपबिजेता चिङ्गाड गाउँपालिका वडा ५ अवलचिङ्गका खेलाडीहरुलाई रु २५ हजार र प्रमाण पत्र वितरण गरिएको मेला संचालन समितिका प्रचार प्रसार संयोजक भुपाल सिङ्ग गुरुङले बताए । यस्तै ब्याडमिन्टन प्रतिगितामा गुर्भाकोट नगरपालिका वडा ११ का खेलाडी विजेता बनेका छन् । विजेतालाई रु १० हजार, उपविजेता लेकवेशी नगरपालिका वडा ६ का खेलाडी टिमलाई रु ७ हजार रुपैया र प्रमाण पत्र वितरण गरिएको छ । ५ औं माघी मेलामा राष्ट्रिय तथा स्थानिय कलाकार हरुको प्रस्तुती रहेको थियो ।

तपाईको प्रतिक्रिया