कांग्रेसका उपसभापति खड्काद्वारा एकैदिन तिन मेलाको उद्घाटन

हुम बहादुर कार्की सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले एकैदिन तिन मेलाको उद्घाटन गरेका छन् । उपसभापति खड्काले गुर्भाकोट नगरपालिकाका वडा नम्बर ८,९, र १२ गरि आईतवार एकै दिन लाग्ने गुमि, मेहेलकुना र बोटेचौर मेलाको उद्घाटन गरेका हुन् । गुमीमा संचालन भएको मेला गुमि बजार समिति, नेपाल मगर संघ गुर्भाकोट नगर कार्यसमिति द्वारा मेहेलकुना खैरेनी मेला र बोटेचौर बजार व्यवस्थापन समितीद्वारा बोटेचौर माघी मेला सन्चालन भएको हो ।

माघी मेला पर्वको उद्घाटन समारोहका प्रमुख अतिथी एवम् उपसभापति खड्काले माघी पर्वको शुभकामना व्यक्त गर्दै निर्वाचनको बेलामा गरेका बाचाहरु पुरा गर्ने बताएका छन् । उनले सरकार फेरबदल भएपनि यस क्षेत्रमा जनतासङ्ग विकास निर्माण सम्बन्धि गरेका बाचा तथा प्रतिवद्धताहरु पुरा गर्ने बताएका छन् । खड्काले अलपत्र र अपुरा योजनाहरु कतिपय शुरु भईसकेको र बाँकी विकासका सबै पुर्वाधार अबको पाँच बर्ष भित्रमा सम्पन्न हुने प्रतिबद्धता गरेका छन् । बजेट अभावका कारणले यस क्षेत्रमा अब कुनै पनि योजना अलपत्र र अपुरा नहुने बाचा गर्दै उनले वीकासका काम तीब्र गतिमा सम्पन्न हुने आश्वासन दिए । तीन वटै माघी मेलाका विशेष अतिथी गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिक रहेका थिईन् ।

यस्तै मेलामा शुभकामना दिदै उप प्रमुख बिकले हाम्रो समाजमा विभिन्न जातजाति भाषा धर्म भएता पनि मेलापर्वलाई आ आ आफ्नै तरिकाले मनाउदै आएको र चाडपर्वले छरिएर रहेका हामी नेपाली हरुलाइ एकीकृत गर्ने एक विश्वासको पात्र बनेका चाडपर्वलाई आफै शैली र परम्परागत रुपमा मनाउने बताईन् । यसैगरि मेहेलकुना माघी पर्व सकराटी मेला गुर्भाकोट मगर संघका अध्यक्ष लिलाराम थापाको सभापतित्वमा सम्पन्न भएको थियो, भने उक्त मेलामा झाकी प्रदशनी, पन्चे बाजा, मगर नृत्य तथा भेषभुषा लगाएत मगर परिकार को प्रदशन गरीएको थियो । कार्यक्रमको सञ्चालन भने पुर्ण घर्तिले गरेका थिए । यस्तै बोटेचौर १७ औ माघी मेला बोटेचौर बजार व्यवस्थापन समितीका अध्यक्ष नवीन सुनारको सभाध्यक्षमा भएको थियो ।

कार्यक्रम मा नगर उप प्रमुख बिक, गुर्भाकोट नेकपा एमाले अध्यक्ष देब बहादुर खत्री, राप्रपा अध्यक्ष लिला प्रसाद शर्मा, गुर्भाकोट ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्री लगायत थुप्रै व्यक्तिहरुले स्वागत मन्तव्य राखेका थिए । बोटेचौर मेला वि.सं २०६२ सालदेखि सन्चालन हुँदै आएको बिचमा कोरोना महामारीका कारण मेला सन्चालन हुन सकेको थिएन । मेलामा हुड्के नाच, गरगरा नाच, मयुर नाच, लाखे, टप्पा, कुरकुटी लगायत थुप्रै सांस्कृतिक प्रदशनी गरीउएको थियो । उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सङ्गै भलिबल प्रतियोगिता र डोरि तान्ने खेल समेत रहेको मेला आयोजक ले जानकारी दिएको छ । बोटेचौर माघी मेला माघ १ गते देखि ७ गते सम्म सन्चालन हुने छ । कार्यक्रम उद्घोषकका रुपमा अम्मर राजवंशी र माधव जोन रहेका छन् ।

तपाईको प्रतिक्रिया