जुम्लामा जलवायु परिवर्तनको असर, हिउँ पर्न छोड्यो

जुम्ला। हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असर देखिन थालेको छ । पछिल्लो समयमा विस्तारै मौषममा आएको परिवर्तनसँगै जलवायु परिवर्तनको असर देखिन थालेको हो । विगतका वर्षहरुमा मंसिर र पुसको महिनामा जिल्लाका डाँडापाखा र खेतबारी हिउँले सेताम्य हुन्थ्यो । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुदा बाली फस्टाउने स्थानीयको भनाइ छ । साथै उत्पादनमा पनि वृद्धि हुने गरेको उनीहरु बताउँछन् । पहिले चाँदीझै टल्कने डाँडापाखा अहिले उराठलाग्दा छन् । यो वर्ष माघ लाग्दासम्म पनि हिमपात हुन सकेको छैन । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ का ६८ वर्षका खडानन्द आचार्य हिमालमा हिउँ पर्न छोडेपछि अच्चमित छन् । पहिले घरका ढोका थुनिने हिउँ पर्ने गरेको भए पनि अहिले विस्तारै हिमपात कम हुँदै जाँर्दा चिन्ता लाग्ने गरेको उनले बताए ।

हिउँ नपर्दा भोकमरीको चिन्ता

हिमा गाउँपालिका वडा नम्बर १ का स्थानीय किसान पर बहादुर शाहीले हिउँ नपर्दा कम उत्पादन हुने भएकाले भोकमरीको चिन्ता रहेको बताए । लेखमा लगाएको हिउँदे बाली गहुँ, जौँ र आलु आकासे पानी र हिमपातको भरमा सिंचाई गर्नुपर्ने बाध्यता रहेको चिन्ता बढेको उनको भनाइ छ । बाली फस्टाउने समयमा हिमपात नहँदा जमिनमै बाली डढेर सुक्न थालेकाले भोकमरीको सम्भावना बढेको शाहीले बताए ।मध्यान्ह

तपाईको प्रतिक्रिया