कांग्रेसका उपसभापति खड्काद्वारा १७ औं माघी मेलाको उद्घाटन

अम्मर राजवंशी सुर्खेत । गुर्भाकोट नगरपालिकाको बोटेचौरमा आईतवारदेखि १७ औं माघी मेला सुरु भएको छ । ‘गुर्भाकोटको शान कला र सस्कृतिक हाम्रो पहिचान’ भने मुल नारा का साथ उक्त मेला आईतवारदेखि सुरु भएको हो। आईतवार एक कार्यक्रम बीच नेपाली कांग्रेसका उपभापति पूर्ण बहादुर खड्काले उक्त मेलाको उद्घाटन गरेका हुन् । उद्धघाट्न समारोहमा बोल्दै प्रमुख अथिती एबम् नेपाली काङ्ग्रेसका उपसभापति खड्काले पछिल्लो समय हराउँदै गएको संस्कृतीलाई बचाउनलाई यस्ता मेलाहरु गर्न आवश्यक रहेको बताए । साथै उनले छिट्टै गुर्भाकोटमा ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयको स्थापना गरिने आश्वासन दिएका छन् ।

यस्तै विशेष अथिती गुर्भाकोट नगरपालिका उपप्रमुख मैना बि क ले यो मेलाले स्थानीय कला सांस्कृतिक स्थानीय व्यापारलाई अगाडि लैजान मद्दत गरेको बताइन् । उद्धाघान समारोहमा नेपाली कांग्रेस उपसभापति खड्का, गुर्भाकोट नगरपलिका उपप्रमुख मैना बि.क, १४ वडाका वडा अध्यक्ष, विभिन्न राजनीति दलका प्रतिनिधि, समाजसेवी संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो । मेलामा करिब ५० हजार दर्शकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । यस्तै मेलामा २० लाख भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष नवीन सुनारले बताए ।

शनिवार उद्दघाटन गरिएको मेलामा आजदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ, भने पुरुष भलिबल प्रतियोगिता र डोरी तान्ने खेल पनि रहेको मेला निर्देशक हिरा बिक ले जानकारी दिईन्। मेलामा सुर्खेत, जाजरकोट, सल्यान बाँके,बर्दियाबाट मेला हेर्न आएको पाइन्छ। उक्त मेला बोटचौर बजार व्यवस्थापन समितीको आयोजनामा माघ १ गते आईतवार देखि सुरु भएको छ भने मेला ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।


तपाईको प्रतिक्रिया