दिपक बराल सुर्खेत। भेरीगंगा नगरपालिका साबिक मैनतडामा दुई दिने सहकारी सम्बन्धि जनतासंग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका वडा नब्बर ९ जहरेमा संचालित श्री जागरण बहुउद्देश्यीय सहकारीको संस्थाको आयोजना र भेरीगंगा नगरपालिका वडा नब्बर ६ र ७ वडा कार्यलयको समवन्यमा दुई दिने सहकारी सम्बन्धि जनतासंग साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । सहकारी संस्थाको बिषयमा जनताहरुलाई साक्षात्कार अथवा जानकारी गराउने उदेश्यले शुक्रबार भेरीगंगा नगर पालिका वडा नब्बर ६ मा र सनिबार भेरीगंगा नगरपालिका वडा नब्बर ७ मा सहकारीको संस्थाको विषयमा जनतासंग साक्षात्कार कार्यक्रम संचालन गरीएको श्री जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्त बहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार दुई दिने साक्षत्कार कार्यक्रमबाट श्री जागरण बहुउद्देश्यीय सहकारी संस्थाको परिचययात्मक कार्यक्रम, सहकारी भनेको के हो ? सहकारीको मुल्य, मान्यता र सिदान्तका बिषयमा लगायत बाख्रा पालन र कुखुरा पालन व्यवशाय सम्बन्धि जनताहरुलाई साक्षात्कार र्अथात जानकारी गराईएको बताईएको छ । श्री जागरण बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएदेखी जनतासंग साक्षात्कार कार्यक्रम पहिलो पटक संचालन गरीएको हो । आउँदो शुक्रबार र सनिबार भेरीगंगा नगरपालिका वडा नब्बर ८ र ९ मा संचालन गरीने जागरण बहुउद्देश्यीय सहकारी सस्थाले जनाएको छ ।


दर्शन खबर । १ माघ २०७९, आईतवार