वीरेन्द्रनगरमा फोर्स गाडिको ठक्करबाट दुई जना घाईते  

सुर्खेत । वीरेन्द्रनगरमा फोर्स गाडिले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका १० इत्रामखोला पुल नजिक मा सोमवार बिहान १०:५० को समयमा भेरीगंगा नगरपालिका १२ छिन्चुदेखि वीरेन्द्रनगर तर्फ आउँदै गरेको बा २ ख ९८१२ नम्बरको देउती नागरीक यातायात प्रालिको फोर्स गाडिले वीरेन्द्रनगर बजारबाट तिनकुने तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ८८२२ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते हुनेमा जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर ६ का मोटरसाईकल चालक ३८ वर्षीय मान बहादुर रोकाय र उनकी श्रीमती ३० वर्षीय पवना खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीले दर्शन खबरलाई जानकारी दिए ।

उनका अनुसार घाईते भएका दुई जना मध्ये रोकायको अवस्था गम्भिर रहेको छ भने खत्रीको अवस्था सामान्य रहेकाे छ । उनीहरु दुवै जनालाई माया नर्सिङ्ग होम सुर्खेतमा सामान्य उपचार पछि प्रदेश अस्पताल कालागाउँ रिफर गरीएको सुचना अधिकारी कार्कीले बताए । फोर्स गाडि चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ३ बस्ने २७ वर्षका रितेश कुमार कसौधन रहेको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ।


तपाईको प्रतिक्रिया