वीरेन्द्रनगर सहकारीको २१ औं साधारणसभा सम्पन्न

 सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस १६ गते देखि सुरु भएको सुर्खेत जिल्लाकै सबै भन्दा उत्कृष्ट उक्त संस्थाको २१ औं साधारण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । पहिलो दिन पुस १६ गते पञ्चपुरी नगरपालिकाको बाबियाचौर, गुटु र बड्डीचौर, दोस्रो दिन पुस १८ गते चिङ्गाड गाउँपालिकाको मटेला, तेस्रो दिन पुस २० गते सिम्ता गाउँपालिकाको जामुने बजारमा साधारण सभा गरिएको थियो ।

यस्तै पुस २१ गते र गुर्भाकोट नगरपालिकाको मेहेलकुना र भेरीगंगा नगरपालिकाको जहरे ,२२ गते भेरीगंगा नगरपालिकाको छिन्चुमा, पुस २६ गते वीरेन्द्रनगर नगरपालिका पिपिर, यरिचोक, बाङ्गेसिमल र मुख्य कार्यलय र अन्तिम दिन पुस ३० गते वीरेन्द्रनगरमा उक्त संस्थाको २१ औं साधारण सभा सम्पन्न गरेको हो । उक्त साधारणसभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ। सहकारी सञ्चालन समितिको अध्यक्षमा बमबहादुर बिसी निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा श्याम पौडेल, उपाध्यक्षमा रेश्मा उपाध्याय र सचिवमा रमेशकुमार सापकोटासहित १५ सदस्यीय सहकारी सञ्चालन समितिमा निर्विरोध निर्वाचित गरिएकाे छ।

हाल सम्म यस सहकारीका सुर्खेत जिल्लाका विभिन्न ठाउँमा गरेर १२ वटा शाखाहरु सञ्चालनमा छन् भने २० हजार भन्दा बढी सेयर सदस्य रहेका छन्। यस्तै सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गरेको जनाइएको छ । सञ्चालक समितिको सचिवमा निर्वाचित भएसँगै रमेशकुमार सापकोटाले निर्विरोध निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी, संचालक समिती सदस्यहरु, लेखा सुपरीवेक्षण समिति संयोजक तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

यस्तै उनले संचालक समिती र लेखा सुपरीवेक्षण समितीलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सम्पुर्ण सेयर सदस्यहरु तथा निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद सापकोटा लगायत सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन्। साथै सापकोटाले संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा लगायत सम्पुर्ण कर्मचारीहरू समेत धन्यवाद दिएका छन्। साधारण सभामा उपस्थित भएका सेयर सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अपेक्षा गरेको बताएका छन् ।


तपाईको प्रतिक्रिया