पोखरा । यति एयरलाइन्सको एटीआर जहाज पोखरास्थित पुरानो र नयाँ एयरपोर्टबीचको खोँचमा खसेर दुर्घटना भएको खुलेको छ। काठमाडौंबाट पोखराका लागि उडेको (एनएनसी एटीआर)७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। “पहिलेको एयरपोर्ट र अहिलेको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टबीचमा अवस्थित सेती किनारमा खसेर जहाज दुर्घटना भएको हो । यतिका प्रवक्ता सुदर्शन बर्तौलाले भने उनका अनुसार जहाजमा यात्रु ६८ जना र चार जना चालक दलका सदस्य थिए। अहिले घटनास्थलमा उद्धारकार्य जारी छ।


दर्शन खबर । १ माघ २०७९, आईतवार