गुर्भाकोटको गुमीमा ५ औं माघी मेला शुरु

दिपक बराल सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर १४ गुमीमा हिन्दुहरुको महान पर्व माघीको अवसरमा ५ औं माघी मेला शुरु भएको छ । ‘माघी सक्रान्ति मेलाको पहिचान खेलकुद तथा कला र सास्कृतिक उत्थान’ भन्ने मुल नाराका साथ सर्बदलिय मेला संचालन समिति गुर्भाकोट नगरपालिका वडा नब्बर १४ को आयोजना र गुर्भाकोट नगरपालिका वडा नब्बर १४ वडा कार्यालयको सहआयोजनामा मेला बिहीबार देखि शुरु भएको हो । कर्णाली प्रदेशसभा समानुपातिकका सदस्य बलिमाया बुढाको प्रमुख अतिथि र गुर्भाकोट नगरपालिका वडा नब्बर १४ का वडा अध्यक्ष चन्द्र बहादुर घर्तिको विशेष अतिथिमा माघी मेला संचालन भएको मेला आयोजकले जनाएको छ ।

आयोजकका अनुसार पौष २८ गते देखि माघ १ गतेसम्म संचालन हुने ५ औं माघी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकार हरुको प्रस्तुती रहने छ । समानुपातिकका कर्णाली प्रदेशसभा सदस्य बलियामा बुढाले प्रमुख अतिथि रुपमा ५ औं माघी मेलाको उट्घाटन समारोहमा बोल्दै गुर्भाकोट नगरपालिका वडा नब्बर १३ र १४ को जनता हरुको अमुल्य मतले नै आफू कर्णाली प्रदेशको प्रदेश सभा सदस्य बन्न सफल भएको बतााए । भन्दै वडा नब्बर १३ र १४ का जनता हरुलाई धन्यवाद व्यक्त गरे । आफ्नो दल कर्णाली प्रदेशको सरकार मा नरहे पनि प्रतिपक्षमा बसेर जनताको मतलाई कदर गरेर गुर्भाकोटको सम्रग विकासको लागि काम गर्ने प्रदेश सभा सदस्य बुढाले प्रतिबद्धता जनाए ।

५ औं माघी मेलाको अबसर पारी यस वर्ष नगर तथा पालिकास्टरिय भलिबल प्रतियोगिता ,ब्याडमिन्टन प्रतियोगिता र डोरी तान प्रतियोगिता राखिएको छ । भलिबल प्रतियोगितामा विजेता पुरुस्कार रु ४० हजार र उप विजेता पुरस्कार रु २५ हजार रहेको छ । यस्तै ब्डाडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार रु १० हजार र उप विजेता पुरस्कार रु ७ हजार रहेको छ । र डोरी तान प्रतियोतामा विजेता पुरस्कार झक्कले खसि रहेको आयोकले जनाएको छ । सर्बदलिय मेला संचालन समितिका सदस्य मनिराम घर्तिको अध्यतामा शुरु भएको ५ औं माघी मेलाको उट्घाटन समारोहमा समाजसेवी, वुद्धिजिवी, विभिन्न राजनितिक दलका व्यक्तित्वहरु, निर्वाचित जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया