लद्युवित्तिय संस्था विरुद्ध संघर्ष समिती नेपालद्धारा भेरीगंगामा विरोध प्रदर्शन

बिनोद घिमिरे सुर्खेत । भेरीगंगामा वित्तिय सहकारी संस्था विरुद्ध प्रदर्शन भएको छ । लद्युवित्तिय संस्था विरुद्ध संघर्ष समिती नेपाल भेरीगंगाले लद्युवित्तिय संस्थाहरु खारेजको माग गदै विरोध र्याली गरेको छ । भेरीगंगा ११ रामघाट देखि शुरु भएको र्याली छिन्चु बजार पिपरचौतारामा कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा मान्छे मार्न पाईदै हत्यारा लद्युबित्तिय संस्था चाहिदैन, लद्युवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण मिनाह गर, समाजवादी अर्थतन्त्रको विकास गर , नव सामन्ती रुपमा स्थापित लद्युवित्तिय संस्थाहरु, खारेज गर, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर भन्ने प्ले कार्ड सहित सयौँको संख्या विरोध प्रदर्शन गरेका थिए ।

वित्तिय संस्थाको चर्को व्याजदरका कारण हजारौ महिला विस्तापित भएको र कयौँका छोराछारीहरु आमाबुवा विहिन हुनुपरेको केन्द्रिय उपाध्यक्ष फक्ते बहादुर पुनले बताए । परिच्छेद १५ धारा ४७८ को (२) उपदफा (१) लाई आत्मसाथ गदै देशैभर आन्दोलनमा होमिएको बताउदै कसैले पनि लेनदेन कारोबार गर्दा बार्षिक १० प्रतिशत भन्दा बढी व्याजदर लिएको छ भने सोतह फिता गरिनेछ तर आन्दोलन वा उजुरी हुनुपर्ने उल्लेख गरे । उनले भने त्यसैले हामी आन्दोलनमा सबल छौँ, सफल छौँ । नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, लद्यु वित्तिय राष्ट्र बैँक र संघर्ष समिती नेपालबीच बसेर यो विषयमा निराकरण गर्ने संघर्ष समिती नेपालका केन्द्रिय सदस्य रमेश पुनले बताएका छन । यद्यपी नभए नेपालको संविधानलाई आत्मसाथ गदै आन्दोलन गरेरै भए पनि विपन्न तथा गरिबको ऋण मिनाह गर्ने पुनले बताए । ५८ लाख ऋणीलाई ऋणबाट मुक्त गर्ने जिम्मा आफ्नो भएको बताउदै यसै दायित्व अनुसार अगाडी बढेको सदस्य पुनले बताएका छन् ।

तपाईको प्रतिक्रिया