भेरीगंगामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुर्खेत । भेरीगंगामा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा भेरीगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुलाई उद्योग विकास शाखाले सञ्चालन गर्दै आएको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम बारे गराईएको थियो । कार्यक्रममा उपस्थित भएका सहभागिहरुले विगतदेखि नै राम्रो सहयोग गर्दै आएको बताएका थिए ।

उद्योग विकास शाखाले वेरोजगार भएका युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्दै आएकोमा सहभागिहरुले धन्यवाद साथै खुसी भएको बताएका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, १२ वटा टोल विकास समितिका प्रदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामीको सभापत्तिव र उद्योग विकास शाखा प्रमुख चित्रा डाँगीको प्रमुख अथित्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया