प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कर्णालीबाट १४ जना खेलाडि छनौट

सुर्खेत । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट महिला खेलाडी छनौट गरिएको छ । नेपाल क्रिक्रेट संघको आयोजनामा ईटहरीमा हुने प्रतियोगिताका लागि विना थापाको कप्तानीमा कर्णाली प्रदेशबाट जिल्ला क्रिकेट सङ्घ सुर्खेतले वैकल्पिक सहित १७ जना खेलाडी छनौट गरेको हो । कर्णालीबाट छनोट भएका खेलाडीमा विना थापा कप्तान, अन्जु गुरुङ, दिक्षा पुरी, किरण कुमारी कुनुवार, तिर्सना विश्वकर्मा, अन्जिला थापा, रमा बुढाथोकी, यमुना थारु, सोयता सुवेदी, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, नितु सुनार, र दिपा राना रहेको जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।

यसैगरी वैकल्पिक खेलाडीमा करिश्मा शाही, निर्मला क्षेत्री, लक्ष्मी रानाभाट रहेकी छन् । उक्त छनौट भएका खेलाडिको प्रिशिक्षकमा वीरेन्द्र शाह रहेका छन् भने सम्राट राई टिम म्यानेजरमा रहेका छन् । प्रदेशमा छनोट भएका खेलाडी पुस २९ देखि ईटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने संघका अध्यक्ष केसीको भनाई छ । प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस २९ गतेदेखि सञ्चालन हुने प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा पुस ३० गते शनिवार दिउँसो ठिक १ बजे कर्णाली प्रदेशले लुम्बिनीसँग सामाना गर्ने छ ।



तपाईको प्रतिक्रिया