वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

सुर्खेत । जिल्लामा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ६ आँखा अस्पतालबाट घण्टाघर तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका १२ बस्ने ५० वर्षकी भुमिसरा पराजुलीलाई विहिवार विहान अन्दाजी साढे ११ बजेको समयमा ठक्कर दिएको हो । घाईते पराजुलीको मुख, ढाड र कोखामा चोट लागी लागेको र उनकाे हाल देउती अस्पताल सुर्खेतमा उपचार भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । छ । चालक भने फरार रहेको र उनको खोजकार्य भईरेहको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया