कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीले लिए शपथ (भिडियोसहित)

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र दुई जना बिनाविभागीय मन्त्रीले शपथ लिएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख तिलक परीयारले मुख्यमन्त्रीशर्मालाई शपथ गराएका हुन् । बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १/१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । साथै मुख्यमन्त्री शर्माले नेकपा एमालेबाट दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा २ बाट निर्वाचित विनोद कुमार शाह र माओवादी केन्द्रबाट मुगु प्रदेश सभा (२) बाट निर्वाचित भएका मंगलबहादुर शाहीलाई मन्त्री नियुक्त गरेका थिए । शाह र शाहीलाई मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीमा नियुक्त गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया